काठमाडौं– चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा आयात भएका १७ हजार ३०५ युनिट चार पांग्रे विद्युतीय सवारीसाधन (ईभी) बाट करिब ४२ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने यसबापत सरकारले २२ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गरेको भन्सार विभागले जनाएको छ। जेठ महिनामा मात्रै सवा ११ अर्ब रुपैयाँ बढीको विद्युतीय सवारी साधन भित्रिएको पनि विभागले जनाएको छ ।
आयात गरिएका गाडीहरूमा ५० किलोवाट क्षमतासम्मका ४ हजार ७३७ युनिट, ५१–१०० किलोवाट क्षमताका ७,३५८ युनिट, १०१–२०० किलोवाट क्षमताका १,३५४ युनिट, २०१ किलोवाटभन्दा माथिका ४३ युनिट रहेका छन्। यस अवधिमा कमर्सियल प्रयोजनका लागि ३,८१३ युनिट ईभी पनि आयात गरिएका छन्। कुल आयातको करिब ७५ प्रतिशत ईभी चीनबाट आयात भएको पनि विभागले जनाएको छ ।





प्रतिक्रिया