मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

नेपालमा २ हजार ४ सय ९० बीवाईडी डल्फिनको डेलिभरी




काठमाडौं– बीवाईडी डल्फिनको विश्वव्यापी रूपमा ८ लाख ३० हजार युनिट डेलिभरी पूरा भएको छ । जसअन्तर्गत २ हजार ४९० औं युनिट नेपालमा डेलिभर गरिएको बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले जनाएको छ ।

यो उपलब्धि नेपालमा इलेक्ट्रिक मोबिलिटीप्रतिको बढ्दो विश्वासको प्रमाण भएको पनि कम्पनीको भनाई छ । नयाँ बीवाईडी डल्फिन २०२५ पुरानो संस्करणको तुलनामा थप स्मार्ट, सुरक्षित र आधुनिक बनाइएको छ । यसपटक डल्फिनमा अगाडि र पछाडिको डिजाइनलाई परिमार्जन गर्दै ठूलो र प्रिमियम देखिने एलईडी हेडलाइट, आकर्षक बम्पर र नयाँ ‘बीवाईडी’ लोगो जडान गरिएको छ ।

नयाँ डल्फिनमा ४५ किलोवाट आवर ब्याट्री प्याक रहेको छ जसले एकपटकको फुल चार्जमा ३४० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । यसैगरी यसमा ७० किलोवाट क्षमताको प्रमानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर जडान गरिएको छ । यसले १८० टर्क उत्पादन गर्छ ।

डल्फिनमा मोबाइलबाटै गाडी स्टार्ट अनि अफ गर्न सकिन्छ । गाडीमा बीवाइडी एप पनि इन्स्टल गरिएको छ । यसले सुरक्षामा पाँच स्टार यूरो एनक्याप रेटिङ पाएको छ ।

पुरानो मोडेलको तुलनामा डिजाइन, ब्याट्री, चार्जिङ, इन्टेरियर र सुरक्षा प्रणालीमा महत्त्वपूर्ण सुधार गर्दै बीवाईडीले डल्फिन २०२५ नेपाली ग्राहकका लागि अझ भरपर्दो र सुविधाजनक बनाएको पनि कम्पनीले जनाएको छ ।

  :