मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

हुन्डाईको नयाँ स्कीम, दैनिक १ हजार ६२० किस्तामा क्रेटा ईभी




काठमाडौं–हुन्डाईको नेपालका लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दैनिक १ हजार ६२० रुपैयाँ किस्ता तिर्नेगरी क्रेटा ईभी खरिद गर्न पाइने स्कीम सार्वजनिक गरेको छ ।

नेपाली बजारमा हुन्डाई क्रेटाको विभिन्न ४ भेरियन्टमा कम्पनीले दैनिक १ हजार ६२० रुपैयाँको स्कीम चलाएको भेरियन्ट एजुकेटीभ भएको कम्पनीले जनाएको छ । क्रेटा ईभीको एजुकेटीभ भेरियन्टको मूल्य ५१ लाख ९६ हजार, स्मार्ट भेरियन्टको ५४ लाख ९६ हजार, स्मार्ट (अप्सनल)को ५६ लाख ९६ हजार र प्रिमियम प्लस भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।


एजुकेटीभ भेरियन्ट क्रेटा ईभी किन्दा मूल्यको ४० प्रतिशतले हुन आउने २० लाख ७८ हजार ४०० रुपैयाँ डाउन पेमेन्ट वापत सुरुवातमै तिर्नु पर्ने र डाउन पेमेन्ट बाहेकको ३१ लाख १७ हजार ६०० रुपैयाँ बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिन सकिने कम्पनीले जनाएको छ ।

यसरी लिएको कर्जा ७ वर्षसम्म फिक्स ७.९९ प्रतिशतको ब्याजदरमा लिँदा मासिक ४८ हजार ५७६ रुपैयाँ किस्ता तिर्नुपर्छ । उक्त रकमलाई दैनिक खर्चमा राखेर हेर्दा हरेक दिन १ हजार ६२० रुपैयाँ तिर्दा पुग्छ ।

  :