मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

चाँडै नै नेपाली बजारमा याडियाका स्कुटर




काठमाडौं– कुजु नेपालले याडिया भेलक्स स्कुटर नेपाली बजारमा ल्याउने भएको छ । उक्त स्कुटर साउन महिनाको तेस्रो साता हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गर्ने तयारीमा कम्पनी रहेको छ ।

कुजु नेपालले साउन २१ देखि सुरू हुने एक्स्पोमा भेलक्स फास्ट चार्जिङ स्कुटर, भेलक्स यु र भेलक्स एच गरि तीन मोडल ल्याउने जनाएको छ ।

भेलक्स फास्ट चार्जिङ स्कुटर २० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सक्नेछ । यसमा ७६ भोल्ट ३० एम्पियर आवरको एलएफपी ब्याट्री उपलब्ध हुनेछ । यसले ११० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ । त्यस्तै, भेलक्स यु ४.९ किलोवाट क्षमताको मोटर छ ।

यो स्कुटरको टप स्पीड ८० किलोमिटर प्रतिघन्टाको छ । यसमा ७४ भोल्ट २० एम्पियर आवरको एलएफपी ब्याट्री उपलब्ध हुनेछ । यसले १४० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ । भेलक्स एचमा भने ७२ भोल्ट ३० एम्पियर आवरको एलएफपी ब्याट्री छ भने ३.२ किलोवाट क्षमताको मोटर रहेको छ । यसले १०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ ।

  :