मंसिर १९, २०८२ बिहीबार | Thu Dec 4 2025

नेपाली बजारमा एमजी आईएम ६ ईभी



काठमाडौं– एमजी ब्रान्डको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एमजी आईएम ६ ईभी सार्वजनिक गरेको छ ।

लक्जरियस, नवप्रवर्तन र लामो रेन्ज क्षमताले आईएम ६ मा ७५ किलोवाट आवरको एलएफपी ब्याट्री राखिएको छ । जसले एकपटक चार्ज गर्दा ४५० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ । आईएम ६ लाई एमजीको इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटी श्रृंखलाको प्रमुख मोडेल बनाएको हो ।

पारामाउन्ट मोटर्सका सुनीलबहादुर क्षेत्रीले एमजी आईएम ६ सार्वजनिक गर्न पाउँदा खुसी व्यक्त गरे । उनले यो गाडीले नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ आयाम स्थापित गर्ने बताए । विभिन्न ६ कलरमा उपलब्ध हुने यो ईभीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।


एमजी आईएम६ अब देशभरका एमजीका आधिकारिक डिलरशिपहरूमा टेस्ट ड्राइभ र बुकिङका लागि उपलब्ध रहेको पनि कम्पनीले जानकारी दिएको छ ।

  :