काठमाडौं– कुजु नेपालले भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा याडीयाको नयाँ इलेक्ट्रिक मोटरसाइकल किनेस सार्वजनिक गरेको छ ।
विश्वको एक सयभन्दा बढी देशहरुमा १ करोडभन्दा धेरै युनिट बिक्री भईसकेको किनेस मोटरसाइकलको मूल्य कम्पनीले ६ लाख ६० हजार रुपैयाँ तोकेको छ।
किनेसमा ७२ भोल्ट ३२ एम्पिएरको दुईवटा लिथियम ब्याट्री छ भने ५.५ किलोवाटको मोटर छ। जसले ११ किलोवाट पावर प्रदान गर्छ भने यसले २८० एनएम टर्क जेनरेट गर्छ। यसको टप स्पिड १०० किमीलोमिटर प्रतिघण्टाको छ भने ४५ किलोमिटर प्रतिघण्टा क्रुज स्पिडमा १४० किमी रेञ्ज दिने कम्पनीको भनाई छ। यो मोटरसाइकल शहरी क्षेत्र तथा लामो दुरी दुवैको यात्राका लागि उपयुक्त हुने पनि कम्पनीले जनाएको छ ।
कम्पनीले किनेसमा २ वर्ष वा २० हजार किलोमिटरको वारेन्टी दिएको छ। नेपालभर रहेका याडिया शोरुमहरुमा यो बाइकको बुकिङ समेत खुला गरिएको छ ।







प्रतिक्रिया