काठमाडौं– नेपालका लागि दीपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले दीपलको एसयूभी एस ०५ चाँडै नै सार्वजनिक गर्न लागेको छ ।
दीपल एस ०७ को सफलतापछि एस ०५ ले कम्प्याक्ट सेग्मेन्टमा अझ बढी परिष्कृत एसयुभी एस ०५ नेपाली बजारमा आउन लागेको हो । यो एसयुभी विश्वप्रसिद्ध आईएफ डिजाइन अवार्डबाट सम्मानित भएको छ ।
नयाँ एस ०५ मा सेग्मेन्टमै नभएको रिमोट इन एन्ड आउट पार्किङ छ जसले साँगुरो पार्किङ स्पेसमा पनि सहजै पार्क गर्न सहयोग गर्नेछ ।
साथै एस ०५ मा पहिलो पटक संसारको सबैभन्दा ठूलो ब्याट्री निर्माता कम्पनी सीएटीएलको गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.० प्रयोग गरिएको छ जसको लाइफस्पान ६ लाख किलोमिटर हुन्छ र यो मात्र १५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज हुने कम्पनीले जनाएको छ ।







प्रतिक्रिया