मंसिर १९, २०८२ बिहीबार | Thu Dec 4 2025

दीपल ०५ सार्वजनिक, नाडा अटो शोको आकर्षण हुने विश्वास




काठमाडौं । चाङ्गन दीपलको नयाँ एसयूभी गाडी दीपल एस ०५ नेपाली बजारमा सार्वजनिक भएको छ।

आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले आयोजना गरेको कार्यक्रममा नयाँ नेपालका लागि चिनियाँ राजदुत सेन सङ, चांगान अटो साउथ इस्टका प्रबन्ध निर्देशक सेन सिन्हुवा, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकारियाले दीपल एस ०५ सार्वजनिक गरेका हुन् ।

दुई भेरियन्टमा उपलब्ध यस ईभीको कम्पनीले लाइट भेरियन्टमा ४८.९९ लाख र म्याक्स भेरियन्टको ५४.९९ लाख रुपैयाँ तोकेको छ। दीपल एस०७ को सफलतापछि परिस्कृत एसयूभीका रुपमा एस०५ सार्वजनिक भएको हो। दिपल एस०५ मा संसारकै ठूलो ब्याट्री निर्माता कम्पनी सीएटीएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.० छ जसको चार्जिङ साइकल ५ हजार (६ लाख किलोमिटर) को लाइफस्पान छ । साथै, ३० देखि ८० प्रतिशत चार्ज मात्र १५ मिनेटमा हुन्छ ।

यही भदौ ३ गतेदेखि भृकुटीमण्डपमा हुने नाडा अटो शोमा एसयूभी मुख्य आकर्षण हुने कम्पनीले विश्वास लिएको छ । यसमा ५६.१२ किलोवाट आवरको ब्याट्री उपलब्ध छ। यसमा ९९ किलोवाट क्षमताको मोटर छ। जसले ३२० एनएम टर्क उत्पादन गर्छ।

  :