मंसिर १९, २०८२ बिहीबार | Thu Dec 4 2025

सुजुकीको पहिलो इलेक्ट्रिक गाडी काठमाडौंमा



काठमाडौं–सुजुकीको पहिलो इलेक्ट्रिक गाडी ईभिटारा सुजुकीको आधिकारिक बिक्रेता सिजी होल्डिङ्स अन्तर्गतको सिजी मोटोकर्पले नेपाल भित्र्याएको छ ।

कम्पनीले धोबीघाटस्थित आफ्नो शोरुममा उक्त ईभी डिस्प्ले गरेको छ। ईभिटारा भदौ ३ गतेदेखि भृकुटीमण्डपमा हुने नाडा अटो शोमा प्रदर्शन गरिने कम्पनीले जनाएको छ । यसको मूल्यबारे कम्पनीले केही जानकारी दिएको छैन। गाडीको उत्पादन आगामी सेप्टेम्बरदेखि सुरु हुने र नेपालमा त्यसपछि वितरण गरिने कम्पनीले जनाएको छ।

यसमा ४९ किलोवाट आवर र ६१ किलोवाट आवर क्षमताका दुईवटा ब्याट्री छन्। यसले फुल चार्जमा ५०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।

  :