फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

फोर्थिङ फ्राइडे ईभीको पाँच वर्षे विशेष योजना




काठमाडौं– नेपालमा फोर्थिङ फ्राइडे ईभीको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटीले नयाँ पाँच वर्षे विशेष योजना ‘फ्राइडे टु फ्राइडे, २०२५–२०३०’ सार्वजनिक गरेको छ ।

ग्राहक सन्तुष्टि, दीर्घकालीन मूल्य र दिगो गतिशीलताप्रति आफ्नो प्रतिबद्धता जनाउँदै कम्पनीले यो विशेष योजना सार्वजनिक गरेको हो । यस विशेष योजना अन्तर्गत ग्राहकहरूले ५ वर्षसम्म निःशुल्क अटो प्लस इन्स्योरेन्स, ६ वर्षसम्म निःशुल्क सर्भिस सुविधा र हरेक खरिदमा ७ किलोवाट चार्जर पाउने कम्पनीले जनाएको छ ।

यस अफरसँगै, फोर्थिङ फ्राइडेले आफूलाई नवप्रवर्तन, सुरक्षा र ग्राहक–केन्द्रित अनुभवमा समर्पित प्रिमियम इलेक्ट्रिक भेहिकल ब्रान्डको रूपमा स्थापित गरेको पनि कम्पनीले जनाएको छ ।

  :