काठमाडौं– नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र प्राइम अटो ट्रेडर्सको सहकार्यमा शुक्रबारदेखि बीरगञ्जमा टाटा ईभी अटो शो सुरु भएको छ । होटल विशुवा बाइपास रोडमा आजसम्म संचालन भइरहेको अटो शो बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म संचालन हुनेछ ।
अटो शोमा टाटा मोटर्सका नवीनतम विद्युतीय मोडलहरूको प्रदर्शनीसँगै ग्राहकका लागि आकर्षक अफरहरू उपलब्ध गराइएको छ। अफरमा फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक छुट, उच्चतम एक्सचेन्ज भ्यालुएसन, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स, निःशुल्क एसेसोरिज, निःशुल्क वार्षिक सवारी कर, निःशुल्क होम चार्जिङ इन्स्टलेसन र निःशुल्क एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधाहरू समावेश छन्। उक्त अटो शोमा टाटाका ईभी मोडलहरु कर्भ, नेक्सन के थ्री, पन्च र टियागो प्रदर्शन गरिएको छ ।









प्रतिक्रिया