मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

नयाँ शोरुम खुल्नु अगावै बुटवलमा १० ग्राहकलाई प्रोटोन ईभी हस्तान्तरण




काठमाडौं–प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले चाँडै नै बुटवलमा बालाजी ई अटोमोबाइल्ससँगको साझेदारीमा नयाँ शोरुम संचालनमा ल्याउने तयारी गरिरहेको अवस्थामा नयाँ शोरुम संचालनमा ल्याउनु अगाडि एकैपटक १० जना ग्राहकलाई प्रोटोन इमास सेभेन ईभी हस्तान्तरण गरेको छ । यस अगाडि बुकिङ गरेका ग्राहकहरुलाई उक्त ईभी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।


पोखराको सफलतामाथि आधारित हुँदै बुटवलको सामूहिक हस्तान्तरणले ब्रान्डको विश्वसनीयता र नेपालभर बढ्दो लोकप्रियतालाई अझ मजबुत बनाएको कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले शोरुम उद्घाटन अघि नै बुटवलका १० परिवारहरूले आफ्नो प्रोटोन इमास सेभेन घर लैजाने अवसर पाउनु गौरवको क्षण रहेको बताए ।

कम्पनीले प्रोटोन इमास सेभेन खरिद गर्न चाहने ग्राहकलाई सहज बनाउन शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा, उत्कृष्ट वारेन्टी र भरपर्दो सेवा उपलब्ध गराएको छ ।

  :