काठमाडौं । भदौ ३० गतेदेखि कात्तिक १ गतेसम्मको १ महिनाको अवधिमा मुस्ताङस्थित कोरला नाका हुँदै झण्डै १ हजार ४ सय ९८ युनिट विद्युतीय गाडी (ईभी) नेपाल भित्रिएका छन् । यस वर्ष चिनियाँ नाकाहरू मध्ये कोरलाबाट आयात भएको सबैभन्दा धेरै ईभी हो ।
यसअघि चीनबाट गाडी आयात गर्दै आइएका मुख्य व्यापारिक नाका तातोपानी र रसुवागढी बन्द भएका कारण व्यवसायीले पहिलोपटक भदौ अन्तिमदेखि कोरला नाकाबाट ईभी ल्याउन शुरु गरेका थिए ।
‘भदौ अन्तिमदेखि न्हेचुङमा भन्सार कार्यालय नियमित संचालनमा आएसँगै चीनबाट धमाधम ईभी आइरहेका छन् । कोरला नाका हुँदै बीवाइडी एटो वान, एटो टु, जेको जे फाइफ, जे सिक्स, लीपमोटर बी १०, प्रोटोन इमास सेभेन, ओमोडा ई फाइभ र डोङफेङ ईभी आयात भएको हुन् ।









प्रतिक्रिया