१० असार २०८३, बुधबार | Wed Jun 24 2026

एलआरआर मोटर्सको १ बर्षभित्र देशभर १४ शोरुम खोल्ने योजना



काठमाडौं– एक वर्षभित्र देशका विभिन्न स्थानमा १४ वटा शोरुम खोल्ने योजनासहित जिली गाडीको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले बजार विस्तारको योजना सार्वजनिक गरेको छ।

हरेक प्रदेशमा २ वटाका दरले शोरुम खोलिने कम्पनीले जनाएको छ । । कम्पनीले पहिलो चरणमा विराटनगर र बुटवलमा डिलर नियुक्त गरिसकेको र शोरुम तथा सर्भिस केन्द्र एक महिनाभित्र सञ्चालनमा ल्याउने पनि जानकारी दिएको छ ।

जिली इएक्स५ मोडलप्रति ग्राहकको आकर्षण देखिएकाले प्रिमियम गुणस्तरको इलेक्ट्रिक गाडी उपलब्ध गराउनका लागि आफ्नो नेटवर्व विस्तार गर्न लागेको कम्पनीले जनाएको छ।

ग्राहकलाई गाडीको बिक्री, सेवा तथा स्पेयर पार्ट्समा सहज पहुँच सुनिश्चित गराउने उद्देश्यसहित शोरुम विस्तारको योजना ल्याएको कम्पनीको भनाइ छ।

  :