काठमाडौं– चिनियाँ ईभी निर्माता लिपमोटरले अक्टोबर महिनामा ७० हजार २८९ युनिट बिक्री गरेर नयाँ रेकर्ड कायम गरेको छ ।
न्यू इनर्जी भेइकल (एनईभी) स्टार्टअपमा लिपमोटरको बिक्रीले अन्य प्रतिस्पर्धिलाई पछि पार्दै आफ्नो अग्रता कायम राखेको हो । कम्पनीका अनुसार गत वर्षको सोहि अवधिको तुलनामा ८४ प्रतिशतले बढि हो । विगत ८ महिना यता लिपमोटर चिनियाँ एनईभीको बिक्रीमा निरन्तर अगाडी रहँदै आएको छ ।
लिपमोटर पछि दोस्रो धेरै कार हिमाले बिक्री गरेकको छ । कम्पनीले अक्टोबर महिनामा ६८ हजार २१६ युनिट कार बिक्री गर्दा एक्सपेङले ४२ हजार १३ युनिट बिक्री गर्न सफल भयो । सुचीको चौंथो स्थानमा निओले ४० हजार ३९७ र पाँचौ स्थानमा साओमीले ४० हजार भन्दा बढी युनिट बिक्री गरेका छन् । त्यसैगरी छैठौं स्थानमा रहेको दिपलले ३६ हजार ७९२ युनिट कार बिक्री गरेको छ ।









प्रतिक्रिया