काठमाडौं । हुन्डाई नेपालले ग्राहकहरूले आफ्नो पुरानो गाडी साटेर नयाँ हुन्डाई क्रेटा ईभी घर लैजान सक्ने अवसरका साथ “अपग्रेड टु द पर्फेक्ट ईभी” नामक नयाँ अभियान सुरु गरेको छ यो अफर कात्तिक २१ गते शुक्रबारदेखि नेपालभर रहेका सबै हुन्डाई शोरूममा शुरु भएको हो ।
यो सीमित अवधिको अफरले विद्युतीय गाडीमा स्विच गर्ने योजना बनाइरहेका सबैका लागि एक उत्कृष्ट अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अफर अन्तर्गत ग्राहकले १ लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस, ७५ हजार रुपैयाँको विशेष छुट, र २५ हजार रुपैयाँको लोयल्टी बोनस प्राप्त गर्न सक्नेछन् । साथै, यस अफरमा १ वर्षको कम्प्रिहेन्सिभ इन्स्योरेन्स र रोड ट्याक्स पनि समावेश गरिएको छ, जसले हुन्डाई क्रेटा ईभी खरिदलाई अझ सुविधाजनक बनाउँछ ।
प्रत्येक खरिदसँगै ६ वर्षको फ्री सर्भिस र ३ वर्षको वारन्टी उपलब्ध छ, जसले ग्राहकलाई निश्चिन्तता प्रदान गर्ने कम्पनीले जनाएको छ । हुन्डाई क्रेटा ईभीले एकपटक चार्जमा ३९० किलोमिटर ड्राइभिङ रेञ्ज र २०० एमएम ग्राउण्ड क्लियरेन्स प्रदान गर्छ, जसले नेपाली सडकमा पनि सहज र आत्मविश्वासपूर्ण ड्राइभिङ सुनिश्चित गर्छ ।









प्रतिक्रिया