मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

विराटनगरमा प्रोटोनको थ्रीएस शोरुम, यस्ता छन् विशेषता



काठमाडौं । नेपालका लागि प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले देशव्यापी आफ्नो पहुँच विस्तार गर्ने क्रममा विराटनगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

विराटनगरमा सञ्चालित अत्याधुनिक थ्रीएस शोरूमबाट ग्राहकले विस्तृत बिक्री परामर्श, प्राविधिक दक्षतासहितको सेवा सुविधा, मूल स्पेयर पाट्र्स उपलब्धता जस्ता सम्पूर्ण सुविधाहरू एकै ठाउँमा पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जसले पूर्वी नेपालका प्रोटोन ईमास ग्राहकहरूलाई अझ भरपर्दो तथा सहज सेवा सुनिश्चित गरेको छ ।
नयाँ शोरुमको सञ्चालनले नेपालभर एकीकृत तथा सुदृढ ईभी नेटवर्क विस्तार गर्ने प्रोटोन ईमासको लक्ष्यमा महत्वपूर्ण कदमको रूपमा योगदान पु¥याएको कम्पनीले जनाएको छ ।

नयाँ शोरुम उद्घाटन कार्यक्रममा ग्राहकलाई गाडी हस्तान्तरण, उत्पादन प्रदर्शनी तथा अन्तरक्रियात्मक सत्रहरू आयोजना गरिएको थियो । जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले नयाँ शोरुमले पूर्वी क्षेत्रमा सम्पूर्ण इलेक्ट्रिक मोबिलिटी इकोसिस्टम ल्याउने बताए ।

  :