माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

अग्नि फाउन्डेशनद्वारा २ वटा महिन्द्रा इलेक्ट्रिक एक्सयूभी केआइओसीएचलाई हस्तान्तरण



काठमाडौं । नेपालमा महिन्द्रा गाडीहरूको अधिकृत वितरक अग्नि ग्रुप अन्तर्गत संचालित अग्नि फाउण्डेशनले आफ्नो ३५औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसीएच) लाई दुई वटा महिन्द्रा एक्सयूभी ४०० इलेक्ट्रिक एसयूभी हस्तान्तरण गरेको छ ।

वातावरणमैत्री, सुरक्षित र दिगो यात्रा सुविधायुक्त महिन्द्रा एक्सयूभी ४०० इलेक्ट्रिक एसयूभीहरूले केआइओसीएचका स्वास्थ्य, शिक्षा तथा समुदायमुखी कार्यक्रमको पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने संस्थाले जनाएको छ ।
अग्नि फाउण्डेशनकी अध्यक्ष सुशान वैद्य श्रेष्ठले ३५ वर्षको यात्रामा हामी हाम्रो ग्रुप, साझेदारहरू र समुदायसँगै अघि बढ्दै आएको बताईन ।

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ केवल स्वास्थ्य सेवा प्रदान गर्ने संस्था मात्र होइन, यो आशा जोगाइने ठाउँ हो, परिवारले बल पाउने ठाउँ हो, र भविष्यलाई सम्भारिने ठाउँ हो । यस्तो महत्वपूर्ण कार्यमा सहयोग गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो, उनले भनिन् ।

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष प्रा.डा. भगवान कोइरालाले संस्थाले स्वास्थ्य प्रणाली सुदृढीकरण तथा बालरोग पहिचानसहितका विभिन्न सामुदायिक स्वास्थ्य कार्यक्रमहरू संचालन गर्दै आएको बताए ।

  :