मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

केई र फोर्थिङ ईभीको पोखरामा नयाँ शोरुम सञ्चालनमा



काठमाडौं । केई र फोर्थिङ ईभीको अत्याधुनिक शोरुम पोखराको बुद्धचोकमा सञ्चालनमा आएको छ । नेपालका लागि केई र फोर्थिङ ईभीको अधिकृत बिक्रेता लक्ष्मी ई–मोबिलिटीले नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।

केई र फोर्थिङ ईभीले पछिल्लो समयमा देशको पश्चिम क्षेत्रमा आफ्नो उपस्थितिलाई विस्तार गर्दै आएको छ । जसले आधुनिक, दिगो र भविष्यमुखी इलेक्ट्रीक सवारीसाधनहरूलाई ग्राहकहरूसम्म अझ नजिक बनाएको कम्पनीको भनाइ छ । साथै, ग्राहकलाई सुविधाजनक सेवा उपलब्ध गराउने सुनिश्चित गरेको कम्पनीले जनाएको छ।

कम्पनीले नयाँ शोरुम उद्घाटनको अवसरमा विशेष ग्राण्ड ओपनिङ अफर सार्वजनिक गरेको छ । जसअन्तर्गत आकर्षक नगद सुविधा, विशेष बोस इलेक्ट्रोनिक अप्लायन्सेस, एक वर्षको निःशुल्क अटो प्लस बीमा तथा रोड(ट्याक्स प्याकेज, साथै प्रत्येक बुकिङका लागि एक रातको आकर्षक स्टे प्याकेज समावेश छन्।

दिगो यातायात प्रवद्र्धन गर्ने उद्देश्यले लक्ष्मी ग्रुपले देशभर रिल्याक्स रिचार्ज नेटवर्क मार्फत ६३ भन्दा बढी चार्जिङ र रिपेयर स्टेशनको सञ्जाल विस्तार गरिसकेको छ ।

  :