मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

मंसिर १४ देखि एक सातासम्म लीपमोटर र सिट्रोनको विशेष एक्सचेन्ज क्याम्प



काठमाडौं । सांग्रिला मोटर्सले मंसिर १४ गतेदेखि २१ गतेसम्म नेपालभरका सम्बन्धित शोरूमहरूमा लीपमोटर र सिट्रोनका लागि विशेष एक्सचेन्ज क्याम्प सञ्चालन गर्ने भएको छ ।

उक्त क्याम्प आकर्षक लाभहरूका साथ आफ्नो सवारी साधन अपग्रेड गर्न चाहने ग्राहकहरुका लागि एक अवसर बन्ने विश्वास पनि कम्पनीले लिएको छ ।

लीपमोटर ‘एक्सचेन्ज विथ द बेस्ट’ क्याम्पले ग्राहकलाई उनीहरूको लागि पर्फेक्ट १०/१० कार चलाउने अवसर प्रदान गर्नेछ । साथै, नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क रोड ट्याक्स तथा दर्ता, २.२ किलोवाटको ट्राभल चार्जरको साथ निःशुल्क ७ किलोवाटको होम चार्जर र थप सहायक उपकरणहरू सहित लाभ लिन सकिने कम्पनीले जनाएको छ ।

त्यसैगरी, सिट्रोन ‘एक्सचेन्ज विथ द बेस्ट’ क्याम्पले सहभागीहरूलाई एक्सचेन्ज बोनस, एमसीबी बक्स सहितको निःशुल्क ३.३ किलोवाट चार्जर, एक वर्षको अटो प्लस बीमा र निःशुल्क रोड ट्याक्स र दर्ताको साथ उत्कृष्ट कारमा अपग्रेड गर्न प्रोत्साहित गर्ने विश्वास पनि कम्पनीको छ ।र सिट्रोनको विशेष एक्सचेन्ज क्याम्प

  :