माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

टाटाको टियागो.ईभीका लागि सिप्रदीको आकर्षक अफर



काठमाडौं– टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा टियागो.ईभीका लागि “ग्रेटेस्ट अफर अल टाइम” अफर ल्याएको छ ।

विशेष सुविधाले भरिएको यो अफर अन्तर्गत ग्राहकहरूले सवारी खरिदसँगै आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ यस अफरको मुख्य आकर्षणअन्तर्गत ग्राहकले तीन उत्कृष्ट उपहार विकल्पमध्ये कुनै एक, बाली भ्रमण जोडीका लागि, आइफोन १७ प्रो म्याक्स, वा सबैभन्दा ठूलो नगद छुट रोज्न सक्नेछन् ।

योजनामा थप रूपमा सर्वश्रेष्ठ एक्सचेन्ज मूल्य, जीवनभरका लागि डीसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एसेसरिज तथा फ्री होम चार्जर इन्स्टलेसन जस्ता मूल्यवान सुविधाहरू समेटिएका छन्। यी सुविधाले ग्राहकलाई थप सहज र भरपर्दो अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।

किफायती मूल्य र सहरी क्षेत्रको लागि उपयुक्त टाटा टियागो.ईभीको सुरूवाती मूल्य २७ लाख ४९ हजार रहेको छ।

  :