पुस १, २०८२ मंगलबार | Tue Dec 16 2025

रिडारा ईभीमा विशेष अफर, ८० प्रतिशतसम्म फाइनान्स सुविधा



काठमाडौं । देशभरका सबै रिडारा शोरुमहरुमा सीमित अवधिका लागि विशेष अफर जारी छ ।

रिडाराको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले विद्युतीय सवारीलाई अझ सहज र पहुँचयोग्य बनाउन ईभी पिकअप ब्रान्ड रिडारामा ल्याएको विशेष अफर अन्तर्गत ग्राहकहरूले ८० प्रतिशत सम्म फाइनान्स सुविधा र एक्सचेन्जमा ३ लाख रुपैयाँ सम्मको टप–अप लाभ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसै अवसरमा रिडाराले ‘टेस्ट ड्राइभ, फिल थ्रिल, अल डे’ क्याम्पेन सञ्चालन गरिरहेको छ, जहाँ ग्राहकहरूले पूरै दिनको टेस्ट ड्राइभ मार्फत रिडारा ईभी पिकअपको प्रदर्शन, आराम र वास्तविक ड्राइभिङ अनुभव नजिकबाट अनुभूत गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।

नेपालको विविध भौगोलिक बनोटलाई ध्यानमा राखेर डिजाइन गरिएको रिडारा ईभी पिकअपमा उच्च ग्राउन्ड क्लियरेन्स, फराकिलो इन्टेरियर र अत्याधुनिक इलेक्ट्रिक टेक्नोलोजी समावेश गरिएको छ।

यस अफर अन्तर्गत नगद छुट, १ वर्ष निःशुल्क रोड ट्याक्स, १ वर्ष निःशुल्क बिमा, सजिलो फाइनान्सिङ सुविधा तथा निश्चित एक्सचेन्ज भ्यालुएसन पनि समावेश गरिएको छ ।

  :