काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले बीवाईडीको हाइब्रिड पिकअप शार्क– ६को बुकिङ खुला गरेको छ । नेपालमा शार्क– ६ बीवाईडीको पहिलो हाइब्रिड गाडी हो ।
कम्पनीले गाडी ‘हाइटेक वीक’ मार्फत पहिलो पटक भित्र्याएको तर लन्च भने नगरेको जनाएको छ । यद्यपि बुकिङ भने गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।
बीवाइडीको सार्क– ६ जस्तोसुकै कठिन सडक ९अफरोड० मा पनि सहजै गुड्न सक्छ । यसमा १.५ लिटरको टर्बो फोर सिलिण्डर पेट्रोल इन्जिन र दुईवटा इलेक्ट्रिक मोटरको संयोजन छ । फ्रन्ट मोटरले १७० किलोवाट र रियर मोटरले १५० किलोवाट पावर दिन्छ ।
पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटरको संयुक्त पावर ४३० हर्सपावर रहेको छ, जुन यो सेगमेन्टकै उत्कृष्ट मानिन्छ । बीवाइडी सार्कले ० देखि १०० किलोमिटरको गति मात्र ५.७ सेकेन्डमा तय गर्न सक्छ भने यसको अधिकतम गति १६० किलोमिटर प्रतिघण्टा रहेको छ ।
बीवाइडीको सुरक्षित मानिने २९.५८ किलोवाट आवरको ‘ब्लेड ब्याट्री’ प्रयोग गरिएको छ । ब्याट्री मात्र प्रयोग गरेर १०० किलोमिटर गुड्न सकिन्छ । इन्धन र ब्याट्री दुवैको प्रयोग गर्दा यो पिकअपले एक पटकमा ८४० किलोमिटर को लामो यात्रा तय गर्न सक्छ ।
साइमेक्स इंकले शार्क–६ को आधिकारिक मूल्य निर्धारण भने गरिसकेको छैन । यद्यपि यसको मूल्य कम्तीमा १ करोड ५० लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ ।






प्रतिक्रिया