माघ १३, २०८२ सोमबार | Tue Jan 27 2026

काठमाडौं र चितवनमा प्रोटोन ईमासको विशेष एक्सचेञ्ज अफर



काठमाडौं– जगदम्बा मोटर्सअन्तर्गत सञ्चालन हुँदै आएको विद्युतीय सवारीसाधन (ईभी) ब्रान्ड प्रोटोन ईमासले पुस ६, ७ र ८ गते ३ दिनसम्म काठमाडौं र चितवनमा विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।


काठमाडौं उपत्यकामा कार्यक्रम ललितपुरस्थित संस्कार फाइन डाइन एण्ड इभेन्ट्समा आयोजना गरिनेछ भने चितवनमा मिलनचोकस्थित प्रोटोन ईमासको शोरुममै कार्यक्रम सञ्चालन हुनेछ ।
कार्यक्रम अवधिमा विद्यमान सवारीसाधन एक्सचेन्ज गर्न चाहने ग्राहकलाई प्रोटोन ईमासका मोडल, तिनका प्रमुख विशेषता,

सेवा–सुविधा तथा विशेष अफरबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ ।
एक्सचेन्ज अफरअन्तर्गत प्रोटोन ईमास ७ को मूल्य ४७ लाखबाट सुरु हुने बताइएको छ ।

प्रोटोन ईमास ७ मा १६० किलोवाट क्षमताको शक्तिशाली मोटर, १८० मिमी ग्राउन्ड क्लियरेन्स तथा एनइडिसी रेन्ज ४९२ र ५८५ किलोमिटर रहेको छ । उन्नत सुरक्षा प्रणाली, प्रिमियम डिजाइन र ४६१५ मिमी लम्बाइले यस इभीलाई अझ आकर्षक बनाएको कम्पनीको दाबी छ ।

यस विशेष एक्सचेन्ज अफरमार्फत ग्राहकहरूले अत्याधुनिक, सुरक्षित र वातावरणमैत्री इलेक्ट्रिक सवारीसाधनमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने कम्पनीले जनाएको छ ।

  :