फाल्गुन २८, २०८२ बिहीबार | Thu Mar 12 2026

नक्सालमा दिपलको विशेष टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम



काठमाडौं– पुस १० देखि १७ सम्म ग्राहकहरुले नक्सालस्थित चांगान सोरुममा दिपलका प्रिमियम ईभी मोडेलको टेस्ट ड्राइभ लिनुका साथै आफ्ना पुराना सवारीसाधन साटेर नयाँ दिपल इभी एक्सचेन्ज गर्न सक्ने भएका छन् ।

दिपल ईभीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले क्रिसमस र नयाँ वर्ष २०२६ को अवसरमा विशेष टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम दिपल ‘फेस्टिभ ड्राइभ’ सुरु गरेपछि ग्राहकहरुले यो अवसर प्राप्त गरेका हुन् । यो कार्यक्रममा ग्राहकले अत्याधुनिक इभी प्रविधिको अनुभव गर्नुका साथै आकर्षक फेस्टिभ सुबिधाहरु पाउने कम्पनीले जनाएको छ।


कार्यक्रममा फेस्टिभ डेकोरेसन र सान्टा रोबोट को अनुभवका साथै ग्राहकहरुले आकर्षक गिफ्ट ह्याम्पर पनि पाउनेछन् । कम्पनीका अनुसार यो अभियानको उद्देश्य केवल अफर मात्र होइन ग्राहकसँग भावनात्मक सम्बन्ध निर्माण गर्नु पनि हो ।

  :