काठमाडौं । टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपालमा ईभीको बढ्दो क्रेजलाई मध्यनजर गर्दै ‘स्विच टु टियागो ईभी’ आकर्षक योजना ल्याएको हो ।
यस योजना अन्तर्गत ग्राहकले यही फागुन २९ देखि चैत १ गतेसम्म टाटा विशेष क्याम्पेनमा आफूसँग भएको जुनसुकै ब्राण्डको मोटरसाइकल वा स्कुटरसँग नयाँ टियागो ईभी साट्न सक्नेछन् ।
यस अफरमा ग्राहकहरूले केवल ४ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमा टियागो ईभी खरिद गर्न सक्नेछन् । साथै, ग्राहकले दुईपाँग्रे सवारीको उत्कृष्ट मूल्याकंन, आकर्षक नगद छुट, निःशुल्क एक्सेसरिज, र एक वर्षको सवारी कर छुट जस्ता विशेष सुविधा पाउने छन् ।
त्यसैगरी, ग्राहकले सिप्रदी नेटवर्कमार्फत आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, निःशुल्क होम चार्जिङ इन्स्टलेसनको सुविधा समेत पाउने कम्पनीले जनाएको छ । यो क्याम्पेन टाटाका देशभरका आधिकारिक शोरुमहरूमा सञ्चालन हुने पनि कम्पनीले जनाएको छ ।








प्रतिक्रिया