१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

अब जुनसुकै ब्राण्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग टाटा टियागो ईभी साट्न सकिने



काठमाडौं । नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले अब जुनसुकै ब्राण्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग टाटा टियागो ईभी साट्न सकिने गरी विशेष ‘स्विच टु टियागो ईभी’ योजना ल्याएको छ ।

सिप्रदीले नेपालमा बढ्दो ईभी क्रेजलाई मध्यनजर गर्दै यही वैशाख ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । त्यस्तै, यस अफरमा ग्राहकहरूले केवल ४ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमा टियागो ईभी खरिद गर्न सक्नेछन् । साथै, ग्राहकले दुईपाँग्रे सवारीको उत्कृष्ट मूल्याकंन, आकर्षक नगद छुट, निःशुल्क एक्सेसरिज, र एक वर्षको सवारी कर छुट जस्ता विशेष सुविधा पाउने छन् ।

त्यसैगरी, ग्राहकले सिप्रदी नेटवर्कमार्फत आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, निःशुल्क होम चार्जिङ इन्स्टलेसनको सुविधा समेत पाउने कम्पनीले जनाएको छ । साथै, एकजना भाग्यशाली ग्राहकले आइफोन १७ प्रो म्यास जित्ने अवसर पाउने समेत कम्पनीले जानकारी दिएको छ ।

यो योजना टाटाका देशभरका आधिकारिक शोरुमहरूमा संचालन हुने कम्पनीले जनाएको छ ।

  :