६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

आरक्षण स्कुलको आयोजनामा नेसनल प्याव्सनको एकल गायन प्रतियोगिता सम्पन्न



भक्तपुर- नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम एकल गायन प्रतियोगिता-२०८३ चांगुनारायण नगरपालिका वडा नं ८ मा रहेको आरक्षण नेसनल स्कुलको आयोजनामा सम्पन्न भएको छ ! नेसनल प्याव्सन भक्तपुरका सदस्य विद्यालयहरु बीच अन्तर विद्यालय एकल गायन प्रतियोगिता माध्यमिक तह र आधारभूत तह गरी २ चरणमा गरिएको थियो ! माध्यमिक तह तर्फको प्रतिस्पर्धामा प्रथम ईडेन गार्डेन स्कुलको श्रीजय महत, द्धितीय मदरल्याण्ड स्कुलकी रोहिणी वस्नेत, तृतीय डेमोस स्कुलकी वर्षा जिम्बा तामाङ र सान्त्वना पाथीभरा एकेडेमीको कृस्तफ थापा मगर विजेता हुन सफल भएका थिए ।

त्यसै गरी आधारभूत तहतर्फको प्रतियोगितामा प्रथम ऋतम्भरा पाठशालाकी नितु तामागं, द्धितीय संस्कार गुरूकूलकी विदुशि ढकाल, तृतीय मदरल्याण्ड स्कुलको न्यूरोन लोहोला र सान्त्वना नगरकोट सनराइज स्कुलको दिवस नगरकोटीले पुरस्कार जित्न सफल भएका थिए ! आयोजक विद्यालयकी कार्यकारी निर्देशक शर्मिला खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि चानपा वडा नं ८ का अध्यक्ष एवं नगर प्रवक्ता जनक खत्रीले नेसनल प्याव्सनले यसरी अन्तर विद्यालय प्रतियोगिताहरु गरेकाले विद्यार्थीहरुको प्रतिभा बाहिर आउने बताउनु भयो ।

नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले आयोजक विद्यालय आरक्षण नेसनल स्कुलले संस्थाको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा आभार प्रकट गर्दै विजेता विद्यार्थीहरुलाई बधाई एवं शुभेच्छा प्रदान गर्नु भयो । प्रतियोगिताले विद्यालय तहमा विद्यार्थीको गायन प्रतिभा, सिर्जनशीलता र आत्मविश्वास विकासमा टेवा पुर्‍याउनुका साथै कला तथा संगीतप्रतिको रुचिलाई प्रोत्साहन गर्ने उदेश्य रहेको जानकारी कार्यक्रम संयोजक सरोज केसीले दिनु भयो ।

  :