काठमाडौं–रोयल इन्फिल्डले नेपालको मोटरसाइकल बजारमा नयाँ क्रान्ति ल्याउँदै आफ्नो बहुप्रतीक्षित स्क्र्याम ४४० काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच लन्च गरेको छ । एडभेन्चर क्रसओभरको रूपमा डिजाइन गरिएको यो मोटरसाइकलले शहरका व्यस्त सडकमा आवश्यक चुस्त गतिशीलता र अफरोडका चुनौतीपूर्ण ट्रेलहरूमा वास्तविक क्षमता मिश्रित गर्दै राइडरहरूलाई ‘जहाँ पनि, जुनसुकै समयमा रमाइलो’ को स्वतन्त्रता प्रदान गर्ने कम्पनीले जनाएको…