९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

रोयल इन्फिल्ड शटगन ६५० आउने



काठमाडौँ – रोयल इन्फिल्डले विभिन्न मोडलका नयाँ बाइक बजारमा ल्याउने तयारीका साथ कार्य गरिरहेको छ ।

ती मध्ये पहिलो चरणमा रोयल इन्फिल्ड शटगन ल्याउने सम्भावना छ । यो बाइक पहिलो पटक परीक्षणको क्रममा भारतीय सडकमा देखिएको छ ।

रोयल इन्फिल्ड शटगन ६५० मा साइड माउन्टेड एक्जस्ट सिस्टम, ट्विन रियर शक एब्जर्बर, अपसाइड–डाउन फ्रन्ट फोर्क, ड्युअल च्यानल एबीएस सिस्टमको फ्रन्ट र रियर डिस्क ब्रेक र ट्रिपर नेभिगेसनका लागि छुट्टै पोड सहितको सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट जस्ता फिचर हुनेछ । यसलाई पावर दिनका लागि ६४८ सीसी प्यारालल ट्विन–सिलिन्डर एयर÷आयल–कुल्ड इन्जिन दिइनेछ ।

यो इन्जिनले ७२५० आरपीएममा ४७.६५ पीएस अधिकतम पावर र ५२५० आरपीएममा ५२ एनएम टर्क जेनेरेट गर्छ । यसलाई ६ स्पिड ट्रान्समिसनसँग जोडिएको छ ।

चेन्नईमा आधारित निर्माताले अगस्टको सुरुमा अल न्यू हन्टर ३५० पेश गर्ने योजना बनाएको छ र त्यसपछि हिमालयन ४५०, सिंगल–सिटर क्लासिक, नेक्स्ट जेनेरेशन बुलेट ३५० र लिक्विड कुल्ड इन्जिनसहित ६५० सीसी बाइक लन्च गर्नेछ ।

कम्पनीले इन्टरसेप्टर र कन्टिनेन्टल जीटी ६५० को ट्विन क्रयाडल प्लेटफर्ममा आधारित एक क्रुजर पहिले नै धेरै पटक परीक्षण गरिएको छ । लन्चिङ पछि यसलाई सुपर मेटियर नाम दिइनेछ ।

कम्पनीले गत वर्षको अन्त्यमा इटालीको मिलानमा भएको ईआईसीएमए शोमा एसजी ६५० अवधारणाको ग्लोबल प्रिमियर आयोजना गरेको थियो । यो मोडेल भारतमा पहिलो पटक परीक्षणको क्रममा देखिएको थियो जसलाई अर्को वर्ष लन्च गर्ने अपेक्षा गरिएको छ ।

सिंगल सिटर बबरको साथ स्प्लिट सिट रोडस्टर भेरिएन्ट पनि हुन सक्छ । बाइकमा एक टियर ड्रप आकारको इन्धन ट्याङ्की, क्रोम बेजेलसहितको गोलाकार एलईडी टेल ल्याम्प, राउन्ड आकारको रियरभ्यू मिरर, हलोजन टर्न इन्डिकेटर, कालो अलोय ह्विलका साथै अन्य विशेषताहरु पनि रहेका छन् ।

  :