६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

टाटा मोटर्स हुन्डाईलाई उछिन्दै दोस्रो स्थानमा



काठमाडाै‌ । कुल बिक्री भएका गाडीमध्ये कम्पनीले विद्युतीय नेक्सन र टिगोर गरी ३ हजार ४५४ वटा विद्युतीय गाडी बिक्री गरेको थियो। यसअघि भारतीय बजारमा टाटा मोटर्सको तुलनामा दक्षिण कोरियाली कम्पनी हुन्डाई मोटरले बढी गाडी बिक्री गरेकको थियो। तर सन् २०२२ को मेमा हुन्डाई मोटर्सले भारतमा जम्मा ४२ हजार दुई सय ९३ वटा गाडी बिक्री गरेको थियो।

यो भनेको टाटा मोटर्सको तुलनामा एक हजार ४८ वटा गाडी कम हो। त्यसैले, सर्वाधिक गाडी बिक्री गर्ने कम्पनीमध्ये हुन्डाईको स्थान घटेर तेश्रो स्थानमा पुगेको छ।

गत महिना मर्मत सम्भारका लागि हुन्डाईको उत्पादन क्षेत्र ६ दिनको लागि बन्द गरिएको थियो। त्यसकारण पनि कम्पनीको बिक्रीमा असर देखिएको हुन्डाईले बताउँदै छ। तर सन् २०२१ को मेको तुलनामा यस पटक कम्पनीले १७ हजार २९२ वटा बढी गाडी बिक्री गरेको हो।

सन् २०२१ को मेमा कम्पनीले जम्मा २५ हजार १ वटा गाडी बिक्री गरेको थियो। विगत ६ महिनामा यो दोस्रो पटक हो, कि हुन्डाईको बिक्रीदर हिसाबले कम्पनी तेस्रो स्थानमा पर्न गयो। यसभन्दा अघि कम्पनी सन् २०२१ को डिसेम्बरमा तेस्रो स्थानमा झरेको थियो।

जहाँ भारतीय बजारमा हुन्डाईको प्रदर्शनी खस्कदैछ, टाटा मोटर्स भने आफूलाई कडा प्रतिस्पर्धी बनाउँदैछ। सन् २०२२ को अप्रिलमा मात्रै कम्पनीले भारतीय र बाह्य बजारमा गरी ७४ हजार ७५५ वटा गाडी बिक्री गरेको छ। सन् २०२१ को मेमा यो संख्या जम्मा २४ हजार ५५२ थियो।

टाटा मोटर्सपछि भारतीय बजारमा सर्वाधिक बिक्री गर्ने कम्पनीमा महिन्द्रा एन्ड महिन्द्रा रहेको छ। सन् २०२२ को मेमा सबैभन्दा धेरै गाडी बिक्री गर्ने मध्ये महिन्द्रा एन्ड महिन्द्रा चौथो स्थानमा रहेको छ। कम्पनीले सन् २०२२को मेमा २६ हजार ९०४ वटा गाडी बिक्री गरेको हो। महिन्द्रा एन्ड महिन्द्राको एक्सयुभी ७०० र थारको माग राम्रो रहेको कम्पनीको भनाइ छ।

किया इन्डियाले यस पटक आफ्नो बिक्रीदर ६९ प्रतिशतले बढाएर कुल १८ हजार ७१८ वटा गाडी बिक्री गरेको छ। यसपछि टोयोटाले सन् २०२२ को मेमा मात्रै १० हजार २१६ वटा गाडी बिक्री गरेको छ। सन् २०२१ को मेमा कम्पनीले जम्मा ७०७ वटा गाडी बिक्री गरेको थियो।

  :