६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

नेपाल भित्रियो जापानमा बनेको सुजुकी भिटारा



काठमाडौं – नेपालमा जापानमै निर्मित भएको सुजुकी भिटारा कार भित्रिएको छ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सुजुकी मोटर कर्पोरेसन (एसएमसी) जापानले उत्पादन गरेको सुजुकी भिटारा कार नेपाली बजारमा ल्याएको हो ।

सुजुकीको नक्सालस्थित सुजुकी नेक्स्ट जेन सोरुमबाट सो गाडी खरिद गर्न सकिने कम्पनीको भनाइ छ । सुजुकीले एसएमसी जापानबाट प्रिमियम रेन्जका उत्पादन भित्र्याउने क्रममा पहिलो उत्पादनको रुपमा सुजुकी भिटारा भित्र्याएको हो । यसको मूल्य १ करोड ३ लाख रुपैयाँ तोकिएको छ ।

सीजी मोटोकर्पले एसएमसी जापानबाट हायर सेग्मेन्टका मात्र कार आयात गर्ने र अहिलेको लाइनअपलाई निरन्तरता दिने बताएको थियो ।

भिटारा युरोपेली बजारमा सबैभन्दा बढी विक्री हुने प्रिमियम एसयुभीमध्ये पर्छ । यसमा फोर व्हील सिस्टम, १.६ लिटरको शक्तिशाली इन्जिन र अन्य अत्याधुनिक फिचर रहेका छन् जसले यो सेग्मेन्टको ‘ड्राइभिङ एक्सपिरियन्स’लाई नयाँ उचाइमा पु¥याउने कम्पनीको विश्वास रहेको छ ।

बक्सी डिजाइनमा तयार भएको सुजुकी भिटारामा ४ ड्राइभिङ मोड उपलब्ध रहेको छ । चालकले आफ्नो आवश्यकता अनुसार यसलाई अटो, स्पोर्ट, स्नो र लक मोडमा चलाउन सक्ने छन् ।

  :