७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

‘जे-६’ इलेक्ट्रीक एसयूभी यसै साता काठमाडौंमा



काठमाडौं- पहिलो इलेक्ट्रीक लाइफ स्टाइल एसयूभीको रुपमा ‘जे-६’ काठमाडौं आइपुग्ने भएको छ । जेको ब्राण्डबाट चेरीले उत्पादन गरेको जे-६ अफरोड मोडल हो ।

जेको जे-६ मोडल चेरीको आई कारबाट प्रेरित छ । सीएटीएलले उत्पादन गरेको ६९,८ किलोवाट आवरको ब्याट्रीमा आउने जे९६ मोडल सिंगल चार्जमा ५०० किलोमिटर गुडाउन सकिने सीएलटीसीले प्रमाणित गरेको छ ।

यसको लम्बाई ४४०६ एमएम, चौडाई १९१० एमएम र उचाई १७११ एमएम छ । यसमा २७१५ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । जेकोले जे९६ मोडललाई दुई ड्राइभिङ सिस्टमका साथ बजारमा ल्याउने तयारी भइरहेको छ ।

अहिले नेपाल आइरहेको मोडलमा १३५ किलोवाट पीक पावर भएको रियर ह्वील ड्राइभ सिंगल मोटर छ । यसको अल ह्वील ड्राइभ मोडल पनि आउने आधिकारीक बिक्रेता एसपीजी अटोमोवाइलले जनाएको छ ।

नेपाली बजारमा अहिलेसम्म क्रसओभर मोडलका एसयूभी मात्रै उपलब्ध छन् । तर, जेकोले प्योर इलेक्ट्रीक एसयूभी नेपाली बजारमा ल्याउन लागेको हो ।

यसको इन्टेरियर पनि निकै भब्य हुनेछ । ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, क्रिष्टल ड्राइभ मोड सेलेक्टर, छलमा दिइएको सोलार प्यानल, एडास फिचरहरु उपलब्ध रहेका छन् ।

प्रिमियम सिट, नयाँ लाग्ने स्टेरिङ ह्वील, पृथक डिजाइनमा उपलब्ध सेन्टर कन्सोल र टु स्टेप ड्यासबार्ड यसमा पाउन सकिन्छ ।

  :