७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

लिंकटुरको ह्याचव्याक इभी नेपाली बजारमा



काठमाडौं– विशाल गु्रप अन्तर्गतको भिजी ल्यूवले नयाँ चिनियाँ ब्राण्डको लिंकटुर नामक इलेक्ट्रीक ह्याचव्याक गाडी भित्र्याएको छ । कम्पनीले यस गाडीको मूल्य ३० लाख रुपैयाँ राखेको छ ।

कम्पनीले नेपाल ल्याएको ह्याचव्याक कारको लम्बाई ३७८० एमएम, चौडाई १६५० एमएम र उचाई १५३० एमएम रहेको छ । यसमा २४१० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।

ह्याचव्याक कारमा १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स रहेको भिजी ल्यूवले जनाएको छ । कम्पनीका अनुसार स्टायन्डर्ड रुपमा दुई एयरव्याग, अगाडि डिस्क ब्रेक, पछाडि ड्रम ब्रेक रहेको कारमा ईबीडी सहितको एबीएस पाउन सकिन्छ ।

साना विद्युतीय गाडीमा उपलब्ध सबै फिचरहरुले भरिएको एफ-१० ह्याचव्याक कारमा ३१।९५ किलोवाट आवरको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले पीकपावर ४५ किलोवाट क्षमताको मोटरमा पावर प्रदान गर्छ । यसको अधिकतम टर्क १६० एनएम रहेको छ । यसले ३० किलोवाटको डिसी फास्ट चार्जर सपोर्ट गर्ने कम्पनीको भनाइ छ । यसमा १५ इन्चको अलोय ह्वील पाउन सकिन्छ ।

  :