७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

काठमाडौंमा नयाँ क्रेटा




काठमाडौं– हुन्डाईका लागि नेपालको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा फेसलिष्ट काठमाडौंमा ल्याएको छ । कम्पनीका अनुसार केही युनिट काठमाडों भित्रिसकेको छ भने केही युनिट काठमाडौं भित्रिने क्रम जारी छ । पहिलेको मोडलभन्दा नयाँ मोडलका धेरै विशेषताहरु रहेको कम्पनीले जनाएको छ ।


स्टायन्डर्ड रुपमै ६ एयरब्यागको साथ आएको क्रेटाको सुरुवाती भेरियन्टको मूल्य ५५ लाख ९६ हजार तोकिएको छ ।
नयाँ क्रेटाको अगाडि फेसिया र पछाडिको भागमा ब्यापक परिमार्जन भएको छ । अगाडि एल आकारको एलइडी डे टाइम रनिङ लाइट र नयाँ हेडल्याम्पको प्रयोग उत्कृष्ट देखिन्छ ।

२०२४ हुन्डाई क्रेटाको अगाडिको ग्रिल अपडेट गरिएको छ, साथै डीआरएल र स्किड प्लेट पनि समावेश गरेको छ । सो एसयूभीको अलोय ह्विल, पछाडि स्ट्रेच्ड एलईडी लाइट र टेल लाइट पनि अपडेट गरिएको छ । नयाँ क्रेटाको अगाडि र पछाडि टर्न इन्डिकेटर पनि जडान गरिएको छ ।

सेफ्टीका लागि सो एसयूभीमा ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र ट्रयाक्सन कन्ट्रोल समावेश छ । इन्टेरियरमा इन्फोटेनमेन्ट सिस्टमका लागि इन्स्ट्रयुमेन्ट क्लस्टर र ट्विन १०.२५ इन्च स्क्रिनका साथै ड्युअल जोन क्लाइमेट कन्ट्रोल, प्यानोरामिक सनरुफ, भेन्टिलेटेड सिट, मल्टी कलर एम्बियन्ट लाइटिङ, बोस साउन्ड सिस्टम, ब्लु लिंक कनेक्टेड कार टेक्नोलोजी पनि समावेश छ ।

  :