७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

काठमाडौंमा ग्रेटवालको ट्यांक ५०० एसयूभी




काठमाडौं– ग्रेटवाल मोटर्स (जीडब्लुएम)को नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्सले जीडब्लुएमको ठूलो साइजको एसयूभी ट्यांक ५०० नेपाल ल्याएको छ । हाल परीक्षणका लागि यो एसयूभी भित्र्याइएको बताइएको छ । यसको मूल्य करिब २ करोड पर्नेछ ।

कम्पनीले नेपाल भित्र्याएको ट्याङक ५०० एक थ्रीरो ७ सिटे एसयूभी हो । जीडब्ल्यूएमले सन् २०२१ को अगस्टमा चेन्दु अटोशोमा रिभिल गरेको ट्यांक ५०० टोयोटाको प्राडोको डिजाइनबाट प्रेरित भएको देखिन्छ । यसको फ्रन्टमा एलईडी स्प्रीट हेडल्याम्प, इलेक्ट्रीक साइड स्टप, मेमोरी इलेक्ट्रीक ओआरभीएम, प्नारोमिक सनरुफ, रियर माउण्टेड स्पेयर ह्वील विथ कभर, रुफरेल रहेको छ ।

फुल्ली डिजिटल ड्यासबोर्ड रहेका ट्यांक ५०० मा एप्पल कारप्ले तथा एण्डरोइड अटो सहितको १४.६ इन्चको सेन्टर इन्फोटेन्मेन्ट स्क्रीन र १२.३ इन्चको डिजिटल इन्टुमेन्टल क्लस्टर रहेको छ । यममा १२ वटा इन्फिनिटीको स्पीकर, वायरलेस फोन चार्जर, एचयूडी डिस्प्ले, प्यानारोमिक सनरुफ, फ्रन्ट राडार रहेको छ ।

हाइब्रिड इन्जीन रहेको जीडब्ल्यूएमको ट्याङक ५०० मा २.० लिटरको टर्बो पेट्रोल इन्जिन तथा ७५ किलोवाटको इलेक्ट्रीक मोटर रहेको छ । यो इन्जिनसँग ९ स्पीडको हाइड्रोलिक अटोमेटिक गियरबक्स रहेको छ । हाइब्रिड पावरट्रेनका लागि यो एसयूभीमा इलेक्ट्रीक मोटर र १.७५ किलोवाट अवारको ब्याट्री रहेको छ । यी दुवै मोटरको कम्बाइन पावर ३४६ हर्सपावर र ६१५ न्युटन मिटरको टर्क रहेको छ ।

यो एसयूभीको लम्बाइ ४९२८ एमएम, चौडाइ १९३४ एमएम, उचाइ १९०५ एमएमको रहेको छ । यो एसयूभी २८५० एमएमको ह्वीलबेसमा बनेको हो ।

  :