७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

अत्याधुनिक सर्भिस सेन्टर विस्तार गर्दै बीवाईडी



काठमाडौं– नेपालमा सबैभन्दा धेरै बिक्री हुने ईभी ब्राण्डमध्येको बीवाईडीले बिक्रीपछिको सेवालाई झनै प्राथमिकतामा राख्दै आएको छ ।

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले देशभरी नै आप्mना सर्भिस सेन्टरहरु विस्तार गर्दै अगाडि बढेको छ । देशभर दश वटा सर्भिस सेन्टर सञ्चालनमा ल्याईसकेको साइमेक्स इंकले आगामी तीन महिनाभित्र पूर्वको इटहरी, पोखरा, काठमाडौंको स्वयम्भु, भक्तपुर र काभ्रको बनेपामा थप पाँच वटा सर्भिस सेन्टर सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

गत हप्तामात्रै बीवाईडीको काठमाडौं र ललितपुरमा एकै दिन दुई वटा सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको थियो । सर्भिस सेन्टरलाई विशेष र गुणस्तरीय बनाउन ‘वन स्टप सोलुसन’को रुपमा विकास गरिरहेको पनि साइमेक्स इंकले जनाएको छ ।
ग्राहकहरुलाई गुणस्तरीय सेवा दिन आफ्ना सर्भिस सेन्टरहरुलाई बीवाईडीले अत्याधुनिक बनाउँदै ‘सुपेरियर र सिन्सियर’ सेवा दिन प्रतिवद्ध रहेको जनाएको छ ।

आपना कर्मचारीहरुबाट सर्भिसिङसँगै, वासिङ वे, स्पेयर पार्ट्सका लागि डेडिकेटेड वायर हाउसदेखि खरिद परामर्शसेवा समेत कम्पनीले सर्भिस सेन्टरबाटै उपलब्ध गराउने भएको छ ।

ग्राहकलाई आपतकालिन सेवा जतिसुकै बेला उपलब्ध गराउन बीवाईडीले ‘रोड साइड असिस्टेन्स (आरएसएस)’ सवारी तथा सर्भिसका लागि हटलाइन सञ्चालनमा ल्याएको छ । यसका लागि ९८०२३३११७७ मा सम्पर्क गरेर जतिबेला पनि सेवा लिन सकिने बीवाईडीले जनाएको छ ।

  :