७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

याडिया जी-५ इलेक्ट्रिक स्कूटर मासिक किस्तामा किन्न सकिने



काठमाडौं– याडिया इलेक्ट्रिक स्कूटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपालले सरल इएमआई योजना ल्याएको छ । योजना अनुसार ग्राहकले क्रेडिट कार्ड बिनानै याडिया जी ५ इलेक्ट्रीक स्कुटर मासिक किस्तामा किन्न सक्नेछन् ।

कम्पनीका अनुसार याडिया जी-५ स्कुटर खरिद गर्दा ५० प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी रकम २ वर्षको लागि कर्जा सुविधा पाउने छन् । दुई वर्षसम्म ग्राहकले ब्याज पनि तिर्नु नपर्ने कम्पनीको भनाइ छ ।

याडिया जी-५ को मूल्य २ लाख ७५ हजार रुपैयाँ रहेको छ । त्यसको ५० प्रतिशतले हुन आउने १ लाख ३७ हजार ५०० रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । बाँकी १ लाख ३७ हजार ५०० रुपैयाँ २४ महिनाको किस्ता तिर्ने सुविधा पाउन सकिन्छ ।

  :