७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नेटा–भीको खरिदमा अफरै अफर




काठमाडौं–सिजी मोटर्सले नेटा– भी गाडीको खरीदमा अफरै अफर घोषणा गरेको छ । सिजी मोटर्सले बिक्री गर्दै आएको होजोन अटोको नेटा–भी किन्दा ग्राहकहरुले अफरै अफर पाउन सक्नेछन् ।

‘नेटा–भी मेगा अफर’मा ग्राहकहरुले गाडीसँगै अन्य कुरा छानेर लिन सक्नेछन् । नेटा–भीको मूल्य हाल ३९ लाख ९९ हजार रुपैयाँ छ । यो मूल्य तिर्ने ग्राहकहरुका लागि कम्पनीले नेटा–भीसँगै टीभीएसको क्रुजर मोटरसाइकल रोनिन दिनेछ । रोनीन मोटरसाइकलको मूल्य हाल ४ लाख ६० हजार रुपैयाँ रहेको छ ।

कम्पनीले मोटरसाइकल नचाहिनेको लागि टीभीएस एनटर्क १२५ स्कुटरसँगै ५ वर्षको फ्रि सर्भिसिङ र आईफोन १५ को प्याकेज बनाएर दिएको छ । यी दुई सामानको मूल्य पनि ४ लाख ५० हजार हाराहारी पर्छ ।

माथिका दुबै कुरा नचाहिने ग्राहकले ७५ इन्चको एलइडी टीभी र ८ केजीको फ्रन्ट डोर वासिङ मेसिन पनि छनोट गर्न सक्नछन् । त्यसैगरी ३ तोला सुन लिन्छु भन्नेले सुन छनोट गर्न सक्नेछन् ।

कम्पनीले माथिका कुनै पनि कुरा लिन्न म ३ केजी चाँदी लिन्छु भनेमा पनि दिने जनाएको छ । माथिको अफरका अलवा कम्पनीले सस्पेन्सन परिवर्तन गरिदिने जनाएको छ ।

  :