मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

होण्डाका कारहरुको एयरब्याग निःशुल्क परिवर्तन गरिने




काठमाडौंं–होण्डा कारको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ग्राहक वर्गको सुरक्षालाई मध्यनजर गरेर सन् २००१ देखि २०१४ सम्म बिक्री गरेका विभिन्न मोडलका कारहरुको एयरब्याग निःशुल्क परिवर्तन गरिदिने भएको छ ।

नेपाली बजारमा १३ बर्षको अवधिभर बिक्री भएका सिटी, सिभिक, सीआरभी, ज्याज, इन्साइट, स्ट्रीम र अकोर्ड गाडीहरुमा भएका टकाटा एयरब्याग परिवर्तन गरिने कम्पनीले जनाएको छ । होण्डाका कारमा प्रयोग भएका एयरब्याग टकाटा एयरब्याग निर्माता कम्पनीले निर्माण गरेको हो ।

टकाटाले विभिन्न खालका दुर्घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्नका लागि उक्त योजना ल्याएको जनाएको छ । आफ््नो कारमा एयरब्याग परिवर्तन गर्नको लागि ग्राहकवर्गले ललितपुरको धोबिघाटस्थित सर्भिस सेन्टरमा सम्पर्क गर्नुपर्ने कम्पनीले जनाएको छ । धेरै कारहरुमा सुरक्षाका लागि एयरब्याग राखिएको हुन्छ । दुर्घटना भएको अवस्थामा एयरब्याग फुकेर चालक वा यात्रुलाई सुरक्षा प्रदान गर्ने गर्छ ।

  :