७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मासिक ६ हजार तिर्नुस्, पल्सर मोटरसाइकल चढ्नुस्




काठमाडौं– बजाज कम्पनीले ‘लो इएमआई स्कीम’ अन्तर्गत ‘पल्सर एन १५०’ सरल र सहज किस्ताबन्दीमा ग्राहकहरुलाई उपलब्ध गराउने भएको छ । ‘पल्सर एन १५०’ ग्राहकहरुले मासिक ५ हजार ९ सय ७६ रुपैयाँ तिरेर किन्न सक्ने सुविधा कम्पनीले दिएको छ । लो इएमआई स्कीममा मोटरसाइकल किन्ने ग्राहकहरुले ३६ महिनासम्म किस्ताको अवधि पाउनेछन् ।

बजाजको १५० सीसी सेग्मेन्टमा सबैभन्दा पावरफुल र स्पोर्टी डिजाइनमा ‘पल्सर एन १५०’मोटरसाइकल तयार गरिएको छ ।
बजाजले केही समय अघि मात्र सार्वजनिक गरेको पल्सर एन १५० को मूल्य ३ लाख ५९ हजार ९०० रुपैयाँ रहेको छ ।


कम्पनीको नयाँ स्कीममा मोटरसाइकल किन्नेले सुरूमा मूल्यको ५० प्रतिशतले हुन आउने रकम डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । त्यस पश्चात बाँकी रकम ३६ महिनाको किस्तामा बुझाइसक्नु पर्ने हुन्छ ।

यस स्कीममा लिइएको ५० प्रतिशत रकममा १२ प्रतिशत ब्याज लाग्नेछ । सुरूमा ग्राहकले १ वर्षको इन्स्योरेन्स र ५० प्रतिशत डाउन पेमेन्ट हुन आउने १ लाख ८७ हजार ७७५० रुपैयाँ बुझाउनु पर्ने हुन्छ । यसपछि मासिक ५ हजार ९७७ रुपैयाँ बुझाएर पल्सर एन १५० स्पोर्टी मोटरसाइकल चढ्न सकिने छ ।

  :