७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

खाडीचौरमा टाटा एक्सप्रेस–टी ट्याक्सीको फास्ट चार्जर स्टेसन




काठमाडौं– टाटा मोटर्सले ग्राहकवर्गको सुविधालाई ध्यानमा राख्दै एक्सप्रेस–टी विद्युतीय ट्याक्सीको फास्ट चार्जर सिन्धुपाल्चोकको खाडीचौरमा पनि विस्तार गरेको छ । कम्पनीका अनुसार ग्राहक सुविधाहरु थप तथा सेवा सञ्जाल विस्तार कार्य अन्तर्गत सेवालाई परिस्कृत पारिएको हो ।

टाटा मोटर्स को ‘एक्सप्रेस–टी’ विद्युतीय ट्याक्सी विभिन्न कारणले ग्राहक, यात्रु तथा संचालक हरुले मन पराएका छन्। नयाँ प्रविधिका साथमा आकर्षक तथा सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठुलो गाडी, सामान राख्न पर्याप्त बूट स्पेसले गर्दा पनि यो विद्युतीय गाडी रोजाईमा परेको हो । एक्सप्रेस–टी’ मा १ वर्षको गाडीको बिमा, ३ वर्ष सम्मको निःशुल्क सर्भिसिङ, साथै १६०,००० किमी सम्मको ब्याट्री र मोटरमा वारेन्टीको सुविधाहरु रहेको छ ।


खाडीचौरको साथै बालकुमारी, भक्तपुर, गोंगबु, कपनमा पनि ‘एक्सप्रेस–टी’ को लागि फास्ट चार्जरको व्यवस्था रहेको छ । र छिट्टै दुधौली कटारीमा पनि ट्याक्सीको लागि फास्ट चार्जर राख्ने प्रक्रिया सुरु भइसकेको कम्पनीले जनाएको छ ।

  :