१० असार २०८३, बुधबार | Wed Jun 24 2026

साउन २७ देखि बजाजको साटासाट अफर




काठमाडौं–बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले यही साउन २७ गते आइतबारदेखि बजार मोटरसाइकलमा साटासाट एक्सचेञ्ज अफर शुरु गर्ने भएको छ ।

कम्पनीले यहि साउन २७ आइतबारदेखि भदौ १६ गतेसम्मका लागि बजाजका मोटरसाइकलहरुमा साटा साट एक्स्चेन्ज अफर सुरु गर्न लागेको हो ।

यस अफर अन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकलको एक्स्चेन्जमा ६ हजार रुपैयाँ थप मूल्याङ्कन र एक्सचेन्ज मार्फत बजाजको जुनसुकै मोटरसाइकलको खरिदमा ६ हजार रुपैयाँसम्मको नगद छुट पाउने छन् ।

यस बाहेक कम्पनीले ग्राहकलाई नयाँ मोटरसाइकलको खरिद तथा एक्सचेन्जमा विभिन्न किसिमका एसोसरिज पनि निःशुल्क दिने बताएको छ ।

ग्राहकको सहजताको लागि कम्पनीले तीन बर्षसम्मको सहुलियत पूर्ण कर्जा सुविधा पनि उपलब्ध गराउने जनाएको छ । यो अफर नेपालभरका बजाजको सबै आधिकारिक शोरुमहरुमा लागु हुनेछ ।

  :