७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सिट्रोनको गाडी चेकजाँच शिविर




काठमाडौं– सिट्रोनको नेपालका लागि आधिकारिक विक्रेता सांग्रिला मोटर्स प्रालिले ग्राहकहरुका लागि गाडी चेकजाँच शिविर आयोजना गरेको छ ।

सिट्रोन फ्रान्सेली अटोमोटिभ ब्राण्ड हो । दुई चरणमा गरिने शिविर पहिलो चरणमा झापाको बिर्तामोड, मोरङको विराटनगर र पर्साको वीरगञ्जमा हुने भएको छ ।


सिट्रोन गाडी प्रयोगकर्ताका लागि देशका विभिन्न शहरमा शिविरको आयोजना गर्दै पार्टपूर्जा र लुब्रिकेन्ट्सको मूल्यमा छूट दिइने कम्पनीले जनाएको छ । पूर्व क्षेत्रका सिट्रोन प्रयोगकर्ता शिविर अन्तर्गत आइतबार र सोमबार बिर्तामोडस्थित शोरुमबाट सेवा दिइने कम्पनीले जनाएको छ ।

यस्तै मंगलबार र बुधबार विराटनगरमा र शुक्रबार वीरगञ्जमा शिविर आयोजना हुने भएको छ । सिट्रोन गाडीका ग्राहकलक्षित चेकजाँच शिविरमा कम्पनीले निःशुल्क सर्भिसिङसँगै गाडीका सबै पार्टस्मा १० प्रतिशत छूट, निःशुल्क साधारण चेकजाँच साथै लुब्रिकेन्ट्समा ५ प्रतिशत छूट लगायतका आकर्षक अफरहरु उपलब्ध हुने कम्पनीले जनाएको छ ।

  :