काठमाडौं–नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिपे्रदी ट्रेडिङले सोमबारदेखि बहुप्रतिक्षित टाटा पञ्च इभीको प्रि–बुकिङ खुला गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा एक सय वटा पञ्च इभी ल्याइसकेको छ । प्रि–बुकिङ गरिएका गाडी आगामी भाद्र ११ गतेदेखि काठमाडौंमा हुने नाडा अटो शोबाट प्राथमिकताका साथ डेलिभरि गरिने कम्पनीले जनाएको छ ।
पञ्भ इभी खरिद गर्न चाहने ग्राहकहरुले कम्पनीको वेभसाइटबाट प्रि–बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया