७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सिप्रदी र यात्रीको जेभीद्वारा इलेक्ट्रिक स्कूटरको डिजाइन तयार पार्दै



काठमाडौं– सिप्रदी ट्रेडिङ र यात्री डिजाइन स्टूडियोको जेभी इलेक्ट्रिक स्कूटरको डिजाइन बनाउने काम शुरु गरेको छ ।

नेपालमा उत्पादन भईरहेको बिद्युतीय मोटरसाइकल यात्री र सिप्रदी ट्रेडिङबीच गत असारको तेस्रो साता दुई पाङ्ग्रे सवारी साधन उत्पादन, प्रवद्र्धन र बजारीकरणका लागि संयुक्त कम्पनी स्थापना गर्ने सम्झौता गरेका थिए ।

सोही अनुसार जेभी बनाएर डिजाइनको काम अगाडि बढाएको हो । सम्झौता अनुसार डिजाइन र प्राविधिक पक्ष यात्रीले हेर्नेछ भने उत्पादन र बजारीकरणको सिप्रदीले गर्नेछ ।

डिजाइन तयार पार्न ५ देखि ६ महिना लाग्ने र डिजाइन तयार भएपछि इलेक्ट्रिक स्कूटरको उत्पादन शुरु हुने बताइएको छ ।

  :