७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

लोकप्रिय बन्दै ग्रन्थ इभी




काठमाडौं– एफडी मोटर्स नेपाल ग्रन्थ ईभीका स्कूटरहरु अहिले निकै लोकप्रिय भईरहेका छन् । ठूला साइजको टायर, उच्च ग्राउण्ड क्लियरेन्स, ३ हजार वाट क्षमताको मोटर ३० तथा ४५ एएचका एलएफपी लिथिएम आइरन फस्पेट ब्याट्री प्याक लगायतका फिचरहरु रहेको एफडीका बिद्युतीय स्कूटर नेपाली बजारका अन्य स्कूटरहरुको तुलनामा मूल्य पनि कम रहेको छ । ग्रन्थ इभीले एफ फाइभ र एफ फाईभ ए गरि दुई वटा मोडलमा एमडीको बिद्युतीय स्कूटर भित्र्याएको छ ।

एफ फाइभले एकपटकको फुलचार्जमा झण्डै ९० किलोमीटर र एफ फाइभ एले ११० किलोमीटरसम्मको अधिकतम रेञ्ज दिने कम्पनीले जनाएको छ । घरको सामान्य प्लगमा चार्ज गर्दा करिब ४ घण्टामा फूल चार्ज हुने र यसमा फास्ट चार्जको पनि सुविधा रहेको कम्पनीले जानकारी दिएको छ ।

ग्रन्थका बिद्युतीय स्कूटरमा साइड ड्राइभ मोटर प्रयोग गरिएको छ । नेपालको भूगोल अनुसार यो निकै प्रभावकारी रहने कम्पनीले जनाएको छ । यो मोटरका कारण उकालो, ओरालोमा स्कूटर सजिलै गुडाउन सकिने कम्पनीको दावी छ ।

  :