माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

चांगन डिपल एस०७ को बुकिङ खुला, यस्ता छन् गाडीका विशेषताहरु




काठमाडों– चाँगन डिपलको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले चांगन प्रिमियम एसयूभी डिपल एस०७ को नयाँ मूल्य कायम गरेर बुकिङ खुला गरेको छ । यस एसयूभीको नयाँ मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

यो एसयूभी इटालीको टुरिनमा डिजाइन गरिएको हो । यो गाडीमा वेलकमिङ सिट, एआई पावर्ड सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, हेडरेष्ट, आउटडोर स्पीकरसहित १४ वटा स्पीकर, फोर ड्राइभिङ मोड, १२५ लिटरको फ्रंक, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, फ्रेमलेस डोर, फ्लस हेन्डल, २० इञ्चको टायर, रियल ह्वील ड्राइभ लगायतका फिचरहरु छन् ।

यो गाडीमा ९९ किलोवाटको मोटर छ भने ६६.८ किलोवाट आवरको ब्याट्री प्याक छ जसले सिंगल चार्जमा ४१० किलोमीटर रेञ्ज दिने कम्पनीले जनाएको छ । यसका साथै यो गाडीमा रहेको डबल लेयर्ड ग्लासले गाडीलाई साउण्ड प्रुफ बनाउँछ ।

  :