माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

नाडा अटो शोमा एमजीको नयाँ मोडल साइबरस्टरको प्रदर्शनी गरिने




काठमाडौं–आगामी भाद्र ११ गतेदेखि काठमाडौंमा शुरु हुने नाडा अटो शो २०२४ मा एमाजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले नयाँ मोडलको प्रिमियम स्पोर्टर्स कार प्रदर्शन गर्ने भएको छ ।

एमजीको उत्पादनमध्ये सबैभन्दा प्रिमियम मोडल साइबरस्टर प्रदर्शनी गर्न लागिएको हो । अघिल्लो महिना मात्र कम्पनीले यो कारको अन्तर्राष्ट्रिय बजारमा निर्यात शुरु गरेको थियो ।


यो स्पोर्टस कारको टप स्पीड क्षमता २०१ किलोमिटर प्रतिघन्टा छ । अन्तर्राष्ट्रिय बजारमा साइबस्टर फोर ह्वील र रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध छ । यसमा २५० किलोवाटको मोटर छ । कारमा ७७ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिएको छ । उक्त ब्याट्रीलाई सिंगल चार्जमा ५०८ किलोमिटर गुडाउन सकिन्छ ।


साइबरस्टरको लम्बाई ४५३५ एमएम, चौडाइ १९१३ एमएम र उचाई १३२९ एमएम छ । यसको ह्वीलबेस २६९० एमएम रहेको छ । कारमा १९ इन्चको ह्वील, इलेक्ट्रीक हुड, ७ इन्चको टच स्कृन बोस्चको ८ वटा स्पीकर रहेको छ ।

  :