७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

भदौ मसान्तसम्म लुयान इलेक्ट्रिक स्कूटरमा चाडपर्व अफर



काठमाडौं–लुयान इलेक्ट्रिक स्कूटरको नेपालका लागि आधिकारिक वितरक जिरो इमिसन राइड (एन)ले विभिन्न पर्वहरुको अवसरमा लुयान चाडपर्व अफर उपलब्ध गराउने भएको छ ।

अफर अन्तर्गत लुयानका कुनै पनि इलेक्ट्रिक स्कूटर किन्दा १० हजार रुपैयाँ नगद छूटका साथै एउटा एयर फ्रायर उपहार पाइने कम्पनीले जनाएको छ । यो अफर यही भदौ १ गतेदेखि भदौ मसान्तसम्म जारी रहने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार चालु आर्थिक बर्षको कर, एउटा प्रिमियम हेल्मेट र ६ पटक फ्रि सर्भिस उपलब्ध गराइनेछ। कुनै पनि पुराना बाइक अथवा स्कुटर ल्याएर लुयानका नयाँ स्कटुरसँग साटफेर गरेर पनि लैजान सकिने एक्सचेन्जको सुविधा पनि उपलब्ध रहेको छ।

यस्तै, पुराना बाइक अथवा स्कटुर पेट्रोलवाला भएपनि अथवा इलेक्ट्रिक भएपनि एक्सचेन्ज गर्न सकिनेछ। नियमित आम्दानीको आधारमा फाइनान्सको पनि सुविधा उपलब्ध गराइने छ। आम्दानीको स्तरको आधारमा कमसकेम २० प्रतिशत डाउन पेमेन्टमा अधिकतम २ बर्षसम्मको फाइनान्स सुविधा दिन सकिने कम्पनीले जनाएको छ ।

  :